मुख्यमन्त्री पोखरेललाई ७ दलको तर्फबाट नवलपुर विकासको साझा धारणा हस्तान्तरण

cm-pokrel

साउन २३, नवलपुर,

नवलपुरका सात राजनैतिक दलहरुले जिल्लाको विकासको लागी तयार पारेको साझा धारणा शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई बुझाएका छन ।

जिल्लामा क्रियाशिल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, विवेकशिल साझा पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संयुक्त रुपमा साझा धारणा बनाएर गत बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए ।

सात दलीय गठबन्धनले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई बुझाएकोविकासकोे साझा धारणामा नमुना सदरमुकामको डिपिआरको अध्ययन र सम्बन्धित निकाययमा काम अघिको बढाउनका लागि पहल गर्ने, जिल्ला स्तरीय खेलकुद रंगशाला निर्माण, जिल्लामा डोमेस्टिक एयरपोर्ट निर्माण, नारायणी तट्बन्धन, सडक निर्माण, वन्यजन्तुबाट समुदायमा हुने क्षति रोक्नका लागि तारबार र वालनिर्माण, पिस पार्क प्रोजेक्टको लागि बजेट माग गर्ने, मौलाकालिका देखि धौवादी हुँदै पाल्पा मित्याल जोड्ने पर्यटकीय पैदल मार्ग निर्माणका लागी संघीय र प्रदेश सरकारसँग माग गर्ने विषयहरु समेटिएका छन ।

त्यस्तै मुख्यमन्त्रीलाई बुझाइएको साझा धारणमा चुरे महाभारतबाट उत्पत्ति भई नारायणाी नदीमा जोडिने ठाडा खोलाहरुको तटबन्ध गर्न माग गर्ने, साथै उक्त खोलाहरुमा प्राप्त हुने नदीजन्य स्रोतहरुको व्यवस्थापन गर्न सम्बन्धित निकायहरुसँग छलफल र ध्यानाकर्षण गर्ने, कृषि क्षेत्रसँग सम्बन्धित कृषि उद्योगको माग गर्ने, पूर्वपश्चिम राजमार्गको मध्यविन्दुमा पार्क निर्माण, त्रिवेणी दुम्किबास झ्यालबास हुँदै पोखरा र उत्तरी नाका कोरला जोडने प्रदेश स्तरीय मार्गलाई छिटो सञ्चालनमा ल्याउन संघीय र प्रदेश सरकार समक्ष माग गर्ने विषयहरु समेटिएको छ ।

सात दलीय गठबन्धनले मुख्यमन्त्रीलाई बुझाएको विकासको साझा धारणमा जिल्लामा रहेको भृकुटी कागज कारखाना पुनः सन्चालन तथा धौवादी फलाम खानी तत्काल सन्चालका लागी सरकारको ध्यानाकर्षण गराउने, देवचुलीमा रहेको प्राकृतिक चिकित्सालयलाई प्रदेशको गौरवको योजनाको रुपमा अगाडी बढाउन प्रदेश सरकार समक्ष माग गर्ने, जिल्लामा प्राविधिक विश्वविद्यालय स्थापनाका लागी सरकार सँग माग गर्ने विषयहरु समेटिएको छ ।

जिल्लामा क्रियाशिल सात राजनैतिक दलले बुझाएको विकासको साझा धारणा बुझे पछि बोल्दै मुख्यमन्त्री नेपालीले नवलपुरको विकासको लागी सात दलले बुझाएको विकासको साझा धारणामा भएका कुराहरुलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । नवलपुरको विकासको लागी आफुले सक्दो प्रयास गर्ने मुख्यमन्त्री नेपालीको भनाई थियो ।