गण्डकीको मन्त्रीमण्डल विस्तार संविधान विपरित छ : गुरुङ

dhan-maya-lama samsad

साउन ९, कास्की,

गण्डकी प्रदेशकी सांसद तथा नेपाली कांग्रेसकी नेतृ मनकुमारी गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले महिलालाई उपेक्षा गरेको बताउनुभएको छ ।
शुक्रबार गण्डकी सरकारको मन्त्रिमण्डल विस्तार भएपश्चात अहिलेको प्रदेशको सरकार विस्तार संविधान विपरित भएको उल्लेख गर्नुभयो । उहाले भन्नुभयो,‘आज (शुक्रबार) गठन गरिएको प्रदेशको सरकार संविधान विपरित छ । ३३ प्रतिशत महिलालाई समेट्नुपर्ने थियो । तर हामी महिला सांसद माथि उपेक्षा गरियो । ११ वटा मन्त्रालयमा जम्मा एक जना मात्रै महिला मन्त्री हुनु गलत हो ।’
महिलाले पनि पुरुषसरह मन्त्रालय संचालन गर्न सक्ने भन्दै गुरुङले सर्टिफिकेट नै हेर्ने हो भने पनि पुरुषको भन्दा महिलाको योग्यता बढी रहेको दाबी गर्नुभयो ।
उहाले गण्डकी सरकारको मन्त्रालय बाँडफाँड कार्यले महिलालाई कमजोर साबित गराएको बताउनुभयो । इतिहास बोकेको पार्टी नेपाली कांग्रेसबाटै यस्तो हर्कत हुँदा दुख लागेको उहाको भनाई छ ।

sapath birodh

गण्डकी प्रदेशको यो सरकारमा पनि एमालेका पृथ्वीसुब्बा गुरुङ्कै पालामा जस्तै ११ सदस्यीय मन्त्रीमण्डलमा जम्मा १ जना महिला पर्नुभएको छ । माओवादी केन्द्रबाट लमजुङकी सांसद मधु अधिकारी गुरुङ । काँग्रेसले ५ जनामा एक जना पनि महिलालाई मन्त्री बनाएन ।