पोखरा २५ को लाम्पाटाबासीमा लामो समयदेखि खानेपानीको समस्या

lampata 1


साउन ३, कास्की ,

गण्डकी प्रदेशको राजधानि पोखरामहानगरपालिकाको एक गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेको छ । महानगरको वडा नं. २५ अन्तर्गत पर्ने लम्पाटा बासिमा पिउने पानीको समस्या भएको वर्षौ वित्दा समेत सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानियले गुनासो गरेका छन् ।

लाम्पाटाको सुनौलो टोल विकास संस्थाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिंकास वक्ताहरुले अब्यबस्तित बसोबासकै रुपमा रहेपनि २० औँ वर्षदेखि सोहि स्थानमा बसोबास गर्दै आईरहेका स्थानियले खानेपानिको समस्याबारे पटक पटक आवाज उठाउँदा समेत आवाजको सुनुवाई नभएको बताएका छन् ।

अन्तक्र्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बराल ‘जीवन’ले पोखरा २५ लाम्पाटाका घर घरमा पिउने पानी उपलब्ध गराउन आफुले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

१६० भन्दा धेरै घरपरिवार रहेको लाम्पाटामा सडक विस्तारका क्रममा पुरानो खानेपानिका नालाहरु निकालिएपछि करिब १ वर्षदेखि सो खानेपानिको समस्या रहेको छ ।

प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले नेपाल खानेपानी संस्थानलाई लाम्पाटा क्षेत्रमा जतिसक्दो छिटो पानी उपलब्ध गराउन आग्रह गरिएको बताउनुभएको छ ।



संस्थाका अध्यक्ष बुद्धिबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता माधवशरण पौडेल, नेपाली कांग्रेसका नेता दानबहादुर थापा, राष्ट्रिय जनमोर्चाका नेता तमबहादुर रोका, लाम्पाटा आमा समूहका अध्यक्ष धनदेवी सापकोटा, संस्थाका सचिव सूर्य सापकोटा, सदस्य रविन कार्की लगायतले आफ्नो कुरा राख्नुभएको थियो ।

यता पोखरा २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले खानेपानी संस्थानले जथाभावी रुपमा पाइप लाइन विस्तार गर्ने तर जनप्रतिनिधिसँग कुनै सहकार्य नगरेको बताउनुभएको छ । यस्तै नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख आशीष कार्कीले पाइप लाइन विस्तार भएका स्थानमा पानी वितरण गर्न आफूहरु सकारात्मक भएको बताउनुभएको छ ।