पोखरामा आजदेखि भेरोसेलको दोश्रो डोज खोप दिईँदै (विस्तृत विवरण)

khop-1

साउन २५, कास्की,

कास्कीको पोखरामा गत साउन ४ गतेसम्म कोरोना विरुद्धको पहिलो डोज भेरोसेलको खोप लगाएका व्यक्तिहरुलाई साउन २५ गतेदेखि दोश्रो डोज दिईने भएको छ ।

पोखरा महानगर स्वास्थ्य महाशाखाले एक सूचना जारी गर्दै यहि साउनको २५, २६ र २७ गते विभिन्न स्थानमा दोश्रो डोज उपलब्ध गराइने जनाएको हो ।

दोश्रो डोजका लागि आफ्नो नजिक पर्ने स्थानमा पहिलो खोप लगाएको कार्ड अनिवार्यरुपमा लिएर उपस्थित हुनुपर्नेछ ।

1
2