टोकियो ओलम्पिकमा सहभागी मध्य ८ खेलाडीसहित ६१ जनामा कोरोना संक्रमण

Tokyo-olympic-2020

एजेन्सी,
साउन ५, कास्की,

ओलम्पिकमा सहभागी थप दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकी र चेक गणतन्त्रका बिच भलिबल खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको हो । अमेरिकी ओलम्पिक कमिटीका अनुसार जिम्न्यास्टिक टिमकी एक महिला खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी वैकल्पिक खेलाडी हुन् ।
‘एक खेलाडीमा कोरोना संक्रमण देखिएको पुष्टि गर्दछौं । व्यक्तिको निजी मामिलाको सम्मान गर्दै हामी यस विषयमा थप सुचना उपलब्ध गराउन असमर्थ छौं,’ कमिटीले भनेको छ ।
उनीसँगै क्लोज कन्ट्याक्टमा रहेकी अर्की एक खेलाडीलाई होटलमा आइशोलेसनमा राखिएको छ । यस्तै, चेक गणतन्त्र ओलम्पिक कमिटीले आफ्ना बिच भलिबल खेलाडी अन्ड्रेज पेरुसिकमा पनि कोरोना संक्रमण देखिएको छ ।
सोमबार मात्रै टोकियो ओलम्पिकमा सहभागिताका लागि गएका दक्षिण अफ्रिकाका फुटबल खेलाडी थाबिसो मोन्यन र कामोहेलो माह्लाट्सीमा संक्रमण पुष्टि भएको थियो । दक्षिण अफ्रिकाकै रग्बी प्रशिक्षक नील पावेललेको कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएको छ । उनी आइसुलेट भएका छन् ।
यता, भिडियो विश्लेषक मारियो माशामा पनि कोरोना संक्रमण देखिएको बताइएको छ । ओलम्पिक सुरु हुन ३ दिन बाँकी रहँदा टोकियो पुगेका पदाधिकारी, सञ्चारकर्मी, प्रशिक्षक र खेलाडीमा संक्रमण देखिने क्रम बढ्दै गएको छ । अहिलेसम्म ८ खेलाडीसहित ६१ जना कोरोना संक्रमित भइसकेका छन् ।