पोखराका थप १ सय ६१ जनामा संक्रमण पुष्टी, देशभर कोरोनाका सक्रिय संक्रमित ८३ हजार नाघे

corona

बैशाख २५, पोखरा,


देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४ सय ९३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १७ हजार ३ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार २ सय ८७ र ९ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा कोरोनाकै कारण ५३ जनाले ज्यान गुमाएका छन् । योसँगै देशमा कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा पोखराका १६१ सहित गण्डकी प्रदेशमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार पछिल्लो समय कास्कीका २४० जनामा गरिएको परीक्षणमा १६१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संगै कास्कीमा कोरोना संक्रमितको जम्मा संख्या ११ हजार ९ सय ७६ पुगेको छ, भने सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ७४ पुगेको छ ।

यस्तै, गण्डकीका अन्य जिल्ला तनहुँका १८ जना, नवलपुरका ४५ जना, स्याङ्गजाका तीन जना, बाग्लुङका ३६ जना, म्याग्दीका ५ जना, पर्वतका ५ जना र गोरखाका एक जनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि भएका २७४ संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २२ हजार ५ सय ३० पुगेको छ भने सक्रिय संक्रमित ४ हजार ७ सय २८ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । योसंगै, प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ ।