पोखरा ३२ को काँग्रेस सभापतिमा प्रधानको उम्मेदवारी

साउन १४, कास्की,

नेपाली काँग्रेसको १४औं महाअधिवेशन अन्योलको स्थितीमा छ, तैपनि नेताहरुबीच नेतृत्वमा आउने प्रतिस्पर्धा भने देशैभर सुरु भएको छ । यहि समयमा पोखरा महानगरपालिका वडा नं. ३२ सभापतिमा मोहन कुमार प्रधानंले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।


मोहन कुमार प्रधान

२०४६ सालको जनआन्दोलन बाट प्रभावित भई नेपाली कांग्रेसमा आबद्ध भई २०४८मा संसदीय उमेदवार अत्यधिक मतले बिजय गराउन सकृय भुमिका खेलेको बताउदै वडा सभापतिमा आफु सक्षम रहेको प्रधानले दावि गर्नुभएको छ ।

उहाँले २०६२ र ६३ जनआन्दोलनमा नेपालि कांग्रेसको वडा देखि जिल्ला र केन्द्र सम्म जनआन्दोलनमा सहभागीभई जेलनेल परेको र आफुले पार्टीमा धेरै त्याग गरेकोले अहिले वडा सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताउनुभयो । आफुलाई वडा सभापतिमा साथीभाईले सहयोग गरी जिताउने विश्वास पनि व्यक्त गर्नुभयो ।