कास्कीका मात्रै ४ सय १७ सहित देशभर थप ८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टी

update

जेठ ४, पोखरा,

गएको २४ घण्टामा नेपालमा आठ हजार दुई सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार दुई सय ८६ जनाको पीसीआर र ६ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा आठ हजार दुई सय तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ७२ हजार तीन सय ५४ पुगेको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट थप एक सय ९६ जनाको ज्यान गएको छ । यसअघिको प्राप्त विवरण र पछिल्लो २४ घण्टामा गरी एक सय ९६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार चार सय ११ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा ६ हजार आठ सय ९१ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ५२ हजार चार सय १४ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार पाँच सय २९ पुगेको छ ।
यसैबिच
मंगलबार कास्कीका ४ सय १७ सहित गण्डकी प्रदेशमा थप ९ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३५ जनामा गरिएको नमुना परीक्षणमा थप ९ सय ५९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

गण्डकी प्रदेशको विवरण

थप संक्रमण पुष्टि हुनेमा कास्कीका ४ सय १७ जना सहित तनहुँका १ सय १२, गोरखाका ३५, नवलपुरका ७६, लमजुङका ८, स्याङ्गजाका ८६, पर्वतका ७४, बाग्लुङका १२३, म्याग्दीका २७ र मुस्ताङ जिल्लाका एक जना रहेका छन् । अहिले प्रदेशमा ९ हजार १ सय ८० सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

त्यस्तै पोखराका विभिन्न अस्पतालमा ९ जना, मुस्ताङको अस्पतालमा २ जना, नवलपरासी पूर्वको अस्पतालमा १ जना र बाग्लुङको अस्पतालमा १ जना तथा तनहुँ र नवलपुरमा होमआइसोलेसनमा १,१ जना गरी पछिल्लो २४ घण्टामा १५ जनाको कोरोनाका कारण निधन भएको छ । थप १५ जना संक्रमितको निधनपछि प्रदेशमा मृतकहरुको संख्या ४२२ पुगेको निर्देशनालयले जनाएको छ ।