कांग्रेसद्धारा गण्डकी प्रदेशका १ लाख १८ हजार जनालाई क्रियाशील सदस्यता प्रदान

congress_active_membership_list

साउन १२, कास्की,

नेपाली कांग्रेसले गण्डकी प्रदेशमा १ लाख १८ हजार ६ सय ३३ जना क्रियाशील सदस्य बनाएको छ ।

देशभर भने कांग्रेसका क्रियाशील सदस्य ८ लाख ५२ हजार ७ सय ११ जना छन् । यो संख्या अघिल्लो महाधिवेशनका भन्दा दोब्बर भएको कांग्रेसले जनाएको छ ।

कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको हो ।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आज पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बुझाएको प्रतिवेदनमा चार लाख ४३ हजार ६७८ नयाँ र चार लाख नौ हजार ३३ ले नवीकरण गरेका हुन् ।

जसमध्ये पुरुष ६ लाख ५३ हजार ४३८, महिला एक लाख ९९ हजार ९७ र अन्य १७६ जना रहेका छन् ।