पोखरामा स्कुटरको ठक्करले एक पैदलयात्रुको मृत्यु

durghatana

साउन ११, कास्की,

पोखरा महानगरपालिका–१७, बरालफिडमा गएराति स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ घर भई हाल, पोखराको विरौटा बस्ने ५० वर्षीय खेमबहादुर गुरुङको मृत्यु भएको हो ।

स्कुटरको ठक्करबाट घाइते भएका गुरुङलाई सामान्य उपचारपश्चात् घर लगिएको थियो । घर पुगेपछि अचेत भएका गुरुङलाई पुनः उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएकोमा रातको करिब १२ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

आइतबार साँझ करिब साढे ७ बजे छोरेपाटनबाट विरौटातर्फ जाँदै गरेको ग ९ प ७५ ०९ नम्बरको स्कुटरले पैदलयात्री गुरुङलाई ठक्कर दिएको थियो । वडा प्रहरी कार्यालय बैदामले ठक्कर दिने स्कुटर र चालकलाई नियन्त्रणमा लिएर थप कारबाहिको प्रक्रिया अघि बढाएको बताएको छ ।