बैशाख ३१, कास्की,
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोभिड–१९ को आपतकालीन अवस्थामा सम्पूर्ण शक्ति लगाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार गृहमन्त्रालयमा पदवहाली गर्दै उहाले अक्सिजनको सहज आपूर्तिमा ध्यान दिन निर्देशन दिँदै निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्न र कालो बजारी रोक्न कडा कदम उठाउन पनि आग्रह गर्नुभएको छ । मन्त्रालयमा उहालाई गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखलगायत कर्मचारीले स्वागत गरेका थिए ।