विदेश जानेहरुकालागि पोखराको प्रर्दशनी केन्द्रमा आज खोप लगाइने

khop-1

साउन २४, कास्की,

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुकालागि पोखरामा आज कोरोना विरुद्धको खोप लगाईने भएको छ ।
पोखराको नयाँ बजारमा रहेको प्रर्दशनी केन्द्रमा विहान १० बजेपछिविदेश जाने तयारीमा रहेकाहरुकालागि आवश्यकता अनुसार आज जोनसोन वा भेरोसेलको खोप दिईने पोखरा महानगरपालिकाले जानकारी दिएको छ ।

खोप लगाउन आउने व्यक्तिले अनिवार्य रुपमा भिसाको फोटोकपी वा आवेदन खुल्ने प्रमाण र आधिकारिक परिचय पत्र लिएर आउन महानगरको स्वास्थ्य महाशाखाले आग्रह गरेको छ ।