नेप्से सामान्य बढ्दा १५ अर्ब ४५ करोडको कारोबार

nepse aaja

साउन २७, काठमाण्डौ,

शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज शून्य दशमलव ९४ अङ्कले बढेर तीन हजार एक सय ६२ दशमलव ५९ विन्दुमा पुगेको छ ।

आज होटल समूहको शेयर एक सय तीन अङ्कले बढेको छ । यस्तै जलविद्युत् समूह १ सय ४४ अङ्कले, माइक्रोफाइनान्स आठ अङ्कले, जीवन बीमा समूहको शेयर १० अङ्कले र निर्जीवन बीमा समूहको शेयर ४३ अङ्कले बढेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने २.३८ अंकले घटेर पाँच सय ८५.७१ को विन्दुमा झरेको छ । बैंक, विकास बैंक, व्यापार, फाइनान्स, अन्य र उत्पादन समूहको शेयर घटेको छ ।

हिजो सामान्य घटेको जलविद्युत् समूहमा आज फेरि हरियाली छाएको छ । आज जानकी फाइनान्सको शेयर सबैभन्दा धेरै झन्डै चार प्रतिशतले घटेको छ । आज दुई सय ३० कम्पनीका दुई करोड ७२ लाख ९८ हजार कित्ता शेयर १५ अर्ब ४५ करोड ५५ लाख रुपैयाँमा किनबेच भएका छन् ।