साउन ३२, काठमाण्डौ,
शेयर बजार कारोबार मापक नेप्से आज सोमवार सामान्य बढेको छ । नेप्से आज पाँच दशमलव ७२ अङ्कले बढेर तीन हजार एक सय ६० दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।
आज व्यापार समूहको शेयर ६५ अङ्कले, विकास बैंक समूहको ७५ अङ्कले, जलविद्युतको ४० अङ्कले, उत्पादन समूहको एक सय ५९, अन्यको चार र माइक्रोफाइनान्स समूहको शेयर ५६ अङ्कले बढेको छ ।
आज कर्णाली विकास बैंक, खानीखोला हाइड्रो, रिडी हाइड्रो, नेशनल हाइड्रो र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । आज दुई सय २७ कम्पनीका दुई करोड ८६ लाख कित्ता शेयर १५ अर्ब ९३ करोड रुपैयाँमा कारोबार भएका छन् ।