शेयर बजार परिसूचक (नेप्से)सँगै कारोबार रकम पनि घट्यो

share-bajar

जेठ १८, कास्की,

शेयर बजार परिसूचक नेप्से मङ्गलवार (आज) पनि घटेको छ । हिजो ४५ अङ्कभन्दा धेरैले घटेको नेप्से आज साढे ११ अङ्कले घटेको छ । नेप्से आज ११ दशमलव ६८ अङ्कले घटेर २७ सय ७१ दशमलव १५ अङ्कमा झरेको छ ।

आज जीवन बीमा समूहको शेयर सबैभन्दा बढी एक सय ७६ अङ्कले घटेको छ । त्यस्तै निर्जीवन बीमा समूहको शेयर १२३ अङ्कले, व्यापार समूहको शेयर ९३ अङ्कले र होटल तथा पर्यटनको शेयर ९१ अङ्कभन्दा धेरैले घटेको छ । आज विकास बैंक समूहको शेयर भने २१ अङ्कभन्दा धेरैले बढेको छ ।

आज कारोबार रकममा पनि कमी आएको छ । आज आठ अर्ब ५९ करोड रुपैयाँ बराबरका एक करोड ९७ लाख कित्ता शेयर कारोबार भयो ।

आज दिव्यश्वरी हाइड्रोपावरको शेयर मूल्य पाँच प्रतिशत, जोशी हाइड्रोपावर र आँखु खोला हाइड्रोको शेयर मूल्य चार प्रतिशतभन्दा धेरैले घटेको छ । आज बजार घटेको दिन पनि कालिका पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।