कुनै सरकारी सुविधा नलिने घोषणा गर्नुभएका पुर्ब मुख्यमन्त्री गुरुङले सरकारी गाडि प्रयोग गर्दै

gurung

साउन २०, कास्की,

गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदमुक्त बनेको दुईमहिना पुग्नलाग्दा पनि गाडी फिर्ता नगरेको पाईएको छ । मुख्यमन्त्री रहदा गुरुङले पछि एक गाडी थप गरेर दुई गाडी प्रयोग गर्दै आउनुभएको थियो ।

नेकपा एमाले गण्डकी प्रदेशका संसदीय दलका नेता गुरुङले मुख्यमन्त्री हुँदा प्रयोग गरेका दुई मध्ये एउटा मात्रै फिर्ता गरेर अर्को अझै फिर्ता नगरेको स्रोतले बताएको छ ।

कांग्रेस नेतृत्वको प्रदेश सरकारले पुर्ब मुख्यमन्त्रीलाई सुविधा दिने भन्दै गर्दा आँफुले कुनै सुविधा नलिने घोषणा गर्नुभएका गुरुङले आँफु मुख्यमन्त्री बन्दा निजि नम्बर प्लेट बनाईएको करोड बढी मुल्यको प्राडो गाडी अझै फिर्ता नगर्नुभएको हो ।

पुर्ब मुख्यमन्त्रीले गाडी फिर्ता नगर्दा पनि बहालवाला मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गुरुङसंग गाडी फिर्ता माग्ने आँट नगरेको स्रोतको दाबी छ । मन्त्रालयमा गाडी फिर्ताको लागि पत्र बनेको भए पनि मुख्यमन्त्री पोखरेलले पत्र पठाउन आनाकानी गरिरहेको पनि स्रोतले बताएको छ ।
गन्थन डटकम