गण्डकीका २४ सहित देशभर थप २ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु

corona

जेठ ३, पोखरा,

पछिल्लो समय देशभर थप ९ हजार २ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ६४ हजार दुई सय १८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप २ सय १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ हजार २ सय १५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जना निको भएका छन् । अहिले नेपालमा १ लाख १३ हजार ४ सय ८० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैबिच
सोमबार कास्की जिल्लाका ४ सय ८ जना सहित गण्डकीमा थप ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६ सय ७७ जनाको नमुना परीक्षण गरिएकोमा थप ८ सय ५९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

पछिल्लो समय संक्रमण पुष्टि हुनेमा कास्कीका ४ सय ८ जना सहित नवलपुरका १४२ जना, म्याग्दीका ८४, लमजुङका ७९, बाग्लुङका ६२, स्याङ्गजाका ३५, तनहुँका २३, पर्वतका २१ र मनाङका ५ जना रहेका छन् ।
योसंगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ४१ पुगेको छ भने प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ९ सय ६८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा थप २४ जना संक्रमितको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका नौ जना, म्याग्दीका एक जना, पर्वतका तीन जना, गोरखाका एक जना, लमजुङका एक जना, तनहुँका दुई जना, बाग्लुङका एक जना, स्याङ्गजाका पाँच जना र नवलपुरका एक जना रहेका छन् । योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ सय ७ पुगेको निर्देशनालयले जनाएको छ ।