कास्कीमा फेरि १० दिन निषेधाज्ञा लम्ब्याईयो

nised

जेठ २०, पोखरा,

कास्कीमा बैशाख १५ गतेबाट जारी रहेको निषेधाज्ञाको समय फेरी १० दिनकालागि थप भएको छ । यसअघि थपिएको निषेधाज्ञाको समय जेठ २१ गते (शुक्रबार) राति १२ बजे सकिँदै छ । सोहि समय देखि लागू हुनेगरी आउँदो जेठ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप भएको हो ।

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण तीव्र रुपले फैलिएकोले स्थिति नियन्त्रणको प्रयास स्वरुप निषेधाज्ञाको समय पुनः थप गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहिबारको बैठकले उक्त निर्णय गरेको हो ।

थप भएको निषेधाज्ञाको समयमा यस अघि जस्तै अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्म पसलहरु खोल्न पाईने, दैनिक उपभोग्य वस्तु खरिदकोलागि सवारीसाधन प्रयोग गर्न नपाइने, सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन नपाउने बताईएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक वाहेक सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा पनि लगाइएको छ । निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई कानुन अनुसार कारबाहि गर्ने भन्दै जिल्ला प्रशासनले सरकारले तय गरेका न्यूनतम स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुहुन पनि अनुरोध गरेको छ ।