गण्डकीका १ हजार ३ सय ७२ सहित २४ घण्टामा थप ८ हजार ३ सय ५ जनामा कोरोना सङ्क्रमण

corona update

जेठ ६, पोखरा,

गएको २४ घण्टामा देशभर आठ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २१ हजार ६ सय ९५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा आठ हजार दुई सय २७ जनामा र तीन सय ९२ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख ८८ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ६ हजार पाँच सय ४३ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको सङ्ख्या तीन लाख ६६ हजार नौ सय ४६ पुगेको छ । अहिले नेपालमा एक लाख १५ हजार आठ सय ५२ सक्रिय सङ्क्रमित छन् ।

यस्तै २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक सय ९० जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाका कारण पाँच हजार आठ सय ४७ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप एक हजार ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार १० जिल्लामा पछिल्लो २४ घण्टामा तीन हजार २७७ जनाको नमुना परीक्षण गर्दा एक हजार ३७२ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कास्कीमा ३५३, स्याङ्जा ६११, बाग्लुङका ९ र पर्वत १८ संक्रमित थपिएका छन् । यता, म्याग्दी २१ जना, मुस्ताङका १, तनहुँ ९३, गोरखा १५६, लमजुङ १६ र नवलपुरका ९४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२ हजार ६० पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ४३३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २१ हजार ३९८ पुगेको छ ।

त्यस्तै गण्डकीमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृतकमध्ये ७ जना कास्कीका, ५ जना नवलपरासी पूर्वका, ४ जना स्याङजाका, ३ जना गोरखा र २ बागलुङका तथा १ जना तनहुँका रहेका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७४ पुगेको छ ।