मेक्सिकोमा एक दुर्घटनामा परि २३ जनाको ज्यान गयो, ७० भन्दा धेरै घाइते

बैशाख २१, एजेन्सी,


मेक्सिकोमा मेट्रो रेलको ओभरपास भत्किँदा २३ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ७० जनाभन्दा धेरै घाइते भएका छन् ।
रेल चलिरहेको बेला ओभरपास भत्किँका रेलका डब्बाहरू तल सडकमा खसेका र व्यस्त सडकमा रेलका डब्बाहरू खस्दा मानिस र कारलगायतलाई किचेको बीबीसीले जनाएको छ ।
राजधानी मेक्सिको सहरमा भएको दुर्घटनामा परेकाहरूको अहिले उद्धार भइरहेको छ । ओलिभस स्टेशनको १२ औँ लाइन भत्किएको खबरमा उल्लेख गरिएको छ । यो लाइनमा सन् २०१७ को भूकम्पबाट क्षति पुगेको थियो । मर्मतपछि खुलाइएको ओभरपासलाई लिएर टिकाटिप्पणी हुँदै आएको थियो ।
दुर्घटनास्थलमा पुगेका मेक्सिको सहरका मेयर क्लाउडिया शेनबमले घटनाबारेमा अनुसन्धान गर्ने बताउनुभएको छ ।