प्रधानमन्त्री देउवाले आज खोप केन्द्रहरुको स्थलगत निरिक्षण गर्ने

sherbahadur_deuwa

साउन ४, काठमाण्डौ,

आज प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डौ उपत्यकाभित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्नुहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यसअघि प्रधानमन्त्री देउवाले आईतबार स्वास्थ्य मन्त्रालयका अधिकारिहरुलाई भेटेर खोप कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो ।