अर्थमन्त्री र चिनका राजदुत विच भेट : चिनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने

janardan_sharma_and_Hou_Yanqi vet

साउन १५, काठमाण्डौ,

चीनले कोभिड–१९ विरुद्ध नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जनाएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो परिमाणको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो ।

चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । अर्थ मन्त्रालयका अनुसार चीनले दिने भनेको थप खोप चाँडै आउने छ । भेटमा अर्थमन्त्री शर्माले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकाले सहजीकरण गर्नको लागि आग्रह गर्नुभएको थियो ।

चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजना सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरूको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने अर्थमन्त्री शर्माले बताउनुभयो ।

भेटमा चिनियाँ राजदूत यान्छीले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताउनुभयो ।