गण्डकी प्रदेशसभामा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल

prades sava

जेठ १८, पोखरा,

गण्डकी प्रदेशसभाको आजको बैठकमा आार्थिक वर्ष २०७८÷०७९ को बजेटका सिद्धान्त र प्राथमिकतामा सम्बन्धमा छलफल भएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा याोजना मन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको बजेटका सिद्धान्त र प्राथमिकता विषयक छलफलमा सहभागी हुदै सदस्यहरूले आ–आफ्ना धारणा राख्नुभयो ।

बैठकमा अधिकांश सत्ता पक्षीय सदस्यहरूले प्रदेशका जनताको समग्र हितलाई लक्षित गर्दै बजेटका सिद्धान्त र प्राथमिकता आएका बताउनुभयो भने प्रतिपक्षी दलका सदस्यले विश्वासको मत समेत नलिएका अवस्थामा सरकार अघि बढ्नुको औचित्य छैन भन्नुभयो ।

प्रदेशसभा सदस्य मायानाथ अधिकारीले सुखी नागरिक र समृद्ध प्रदेशको लक्ष्य प्राप्तीमा आधारित भै सिद्धान्त र प्राथमिकता आएको बताउनुभयो । विद्यमान अवस्थामा आग्रह पूर्वाग्रहबाट नभै सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अर्का सदस्य प्रकाशचन्द्र दवाडीले विश्वासको मत नलिइ सरकार अघि बढ्नुको औचित्य नहुने बताउँदै कोरोना महामारीको विद्यमान अवस्थामा जनतालाई बचाउने काम पहिलो प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।

त्यस्तै प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले जनताको अपेक्षा एकातिर व्यवहार अर्कोतिर हुने गरेको बताउँदै अपेक्षा र व्यवहारबीच तालमेल मिलाउनु जरुरी भएको बताउनुभयो ।

देशमा यो संविधान एवम् प्रणालीलाई बचाउनेतर्फ एक ध्रुब र यसको अन्त्य गर्नेतर्फ अर्को धु्रुब लागेको उल्लेख गर्दै उहाँले संविधान एवम् प्रणालीलाई समाप्त गर्ने गरी भइरहेका प्रयास देश र जनताको हितमा नरहेको उल्लेख गर्नुभयो । सङ्घले ल्याएको वितरणमुखी बजेट कार्यान्वयन हुने अवस्था नभएको उहाँले बतााउनुभयो ।

अर्का सदस्य कृष्ण थापाले अहिले प्रमुख समस्या कोभिडको हो भन्दै शिक्षा, स्वास्थ्य जस्ता विषय निजीकरण नभै सरकारीकरण हुनुपर्नेमा जोड दिनुभयो । प्रदेशमा आयमूलक योजना राख्नुपर्ने र भ्रष्टाचार निवारण, सुशासन जस्ता कार्यक्रम अघि ल्याउनुपर्ने बताउनुभयो । मंगलबारको बैठकमा कृष्णबहादुर थापा, विन्दुकुमार थापा, आशा कोइराला, धनञ्जय दवाडी, ललितकला गुरुङ, लेखबहादुर थापा, मीना गुरुङ, सरिता गुरुङ, राजीव पहारी, मेखलाल श्रेष्ठ, मीनप्रसाद गुरुङ, मणिभद्र कंँडेलले आ आफ्ना धारणा राख्नुभएको थियो । अर्को बैठक जेठ १९ गते बुधबार दिउँसो १.०० बजे बस्नेछ ।