माधव नेपाल कै कारण आफ्नो सरकार ढलेको भन्दै उनलाई माफि नदिने ओलिको चेतावनी

purba pm

असार ३०, काठमाण्डौँ,


नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई अब एमालेमा कुनै स्थान नभएको बताउनु भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकार ढाल्न नेपालले नै अगुवाइ गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको शपथका समयमा नेपाल राष्ट्रपति कार्यालय गएकामा आपत्ति जनाउँदै भन्नुभयो, ‘माधव नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न सकिन्नँ ।’
बालकोटस्थित आफ्नै घरको बार्दलीबाट समर्थकहरुलाई सम्बोधनका क्रममा नेपालविरुद्ध आक्रोश व्यक्त गर्ने ओलीले नेपाल लाजशरम पचेको मान्छे भएको टिप्पणीसमेत गर्नुभयो ।
उहाँले पार्टीभित्र विभिन्न तत्वहरुको घुसपैठ भएको र पार्टीकै नेता नेपालले सरकार ढाल्ने खेलमा अगुवाइ गरेको आरोप लगाउनु भयो । उहाँले अदालतमा निवेदन हालेर सँधै परमादेशबाट किस्तिमा सरकार नपाइने चेतावनी समेत दिनुभयो ।
एमाले नेताहरुले एकताको वार्ता अन्तिम चरणमा पुगेको दाबी गरिरहेका बेला अध्यक्ष ओली वरिष्ठ नेता नेपालविरुद्ध झनै आक्रामक हुनुभएको हो ।
ओली बालुवाटारबाट बाहिरिएर निजी निवास बालकोट जाँदा एमाले कार्यकर्ताहरुले शक्ति प्रदर्शन गरेका थिए । एमालेको भ्रातृ संगठन युथ फोर्सले ओलीलाई बालुवाटारदेखि स्कर्टिङ गरी बालकोटसम्म पु¥याएको थियो ।