नेपालका क्रिकेटर सन्दीपले सीपीएल क्रिकेटमा नाइट राइडर्सबाट खेल्ने

sandip 1

जेठ ११, काठमाण्डौ,


नेपालका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२१ मा ट्रिनबागो नाइड राइडर्सबाट खेल्ने भएका छन् । सन्दीपले मङ्गलवार ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन् ।


नाइर्ट राइडर्सको कप्तानी कायरन पोलार्डले सम्हाल्ने छन् ।

नाइड राइडर्स गएको वर्ष प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको थियो ।
गएको वर्ष जमैका तलावाजमा आबद्ध सन्दीपलाई अहिले त्यो क्लबबाट फुकुवा भएका हुन् । गएको वर्ष सन्दीपले जमैका तलावाजबाट खेल्दा ११ खेलमा १२ विकेट लिएका थिए ।
सीपीएल आउँदो अगस्ट १८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स र नेभिसमा सञ्चालन हुनेछ । प्रतियोगितामा ६ टोली सहभागी हुनेछन् ।