कास्कीका २०० सहित देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि,, १८ जनाको मृत्यु

corona update

साउन १०, कास्की,

आइतबार गण्डकीका ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२८ जनामा गरिएको नमुना परीक्षणमा ४४७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका २०० जना सहित तनहुँका १४ जना, गोरखाका २६ जना, लमजुङका १९ जना, नवलपुरका ११ जना र स्याङ्गजाका ६७ जना, पर्वतका आठ जना, बागलुङका १०० जना र म्याग्दी जिल्लाका दुई जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६४ हजार ३९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३४४ जना कोरोनामुक्त भएसंगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६० हजार २६० पुगेको छ ।

आइतबार पनि गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका दुई जना सहित बाग्लुङ्ग र गोरखा जिल्लाका एकएक जना छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०५४ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच आईतबार नै देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ३४ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । त्यस्तै मन्त्रालयका अनुसार २४ घण्टाभित्र थप २ हजार ५० जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै संक्रमणबाट आईतबार थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय १३ जना पुगेको मन्त्रालयले जनाएको छ ।