गण्डकीमा खेलाडीमैत्री कानुन बनाछौँ : कानुनमन्त्री थापा

विन्दुकुमार 1

साउन ३१, कास्की,

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले खेलाडीमैत्री कानुन बनाउने बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उहाँले खेल क्षेत्रमा व्याप्त विकृति न्यूनीकरणका लागि कानुन आवश्यक रहेको बताउनुभएको हो । उहाँले छिट्टै गण्डकीमा मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने पनि बताउनुभएको छ ।

उहाँले जापानमा भएको ओलम्पिक खेलकुदमा ५ जना खेलाडीका पछाडि २५ प्रशिक्षक बनेर जाँदा खेलाडीको सम्मान नभएको टिप्पणी गर्नुभयो ।

पोखरा रंगशालामा भएको वृक्षरोपणमा विभिन्न जातका ७५ बिरुवा रोपिएको थियो । लोकतान्त्रिक खेलकुद संघ गण्डकीमा नयाँ नेतृत्व आइसकेपछि वृक्षरोपणसँगै जिल्लाका अध्यक्षहरुसँग अन्तक्रिया गरिएको थियो । नयाँ खेलाडी उत्पादनका लागि खेललाई जिल्लाजिल्लामा कसरी बिस्तार गर्ने भन्नेबारेमा समेत छलफल भएको थियो ।