यी स्यानिटाइजर मात्र प्रयोग गर्नु : औषधि व्यवस्था विभाग ( सम्पूर्ण सूचीसहित)

department-of-drug

जेठ ११, काठमाण्डौ,

औषधि व्यवस्था विभागले विभागमा दर्ता भएका स्यानिटाइजरमात्रै प्रयोग गर्न अनुरोध गरेको छ । विभागमा दर्ता भएका ६१ वटा ब्रान्डका स्यानिटाइजरको सूची सार्वजनिक गर्दै विभागले तोकिएका स्यानिटाइजर मात्र प्रयोग गर्न अनुरोध गरेको हो ।

मानव शरीरका लागि हानिकारक ह्यान्ड स्यानिटाइजर बजारमा छ्यापछ्याप्ती पाउन थालेपछि विभागले दर्ता भएका स्यानिटाइजर मात्रै बिक्री र प्रयोग गर्न सचेत गराएको हो ।

विभागले बजारमा बिक्री भइरहेका ह्यान्ड स्यानिटाइजरको नमुना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड विपरीत भेटिएकाले केही स्यानिटाइजर उत्पादन तथा बिक्रीमा रोक लगाइएको छ ।

हेर्नुहोस् कुनकुन स्यानिटाईजर प्रयोग गर्न मिल्छ..