६ वर्षीया बालिकालाई जबरजस्ति करणी गरेको अभियोग पोखरामा एक युवक पक्राउ

pokhara-youth-rambazar-police

असार ४, पोखरा,

पोखरामा ६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका १३ कसेरी खहरेकी ६ वर्षीया बालिकालाई घरमा कोही नभएको समयमा ललाइ फकाइ धम्काएर जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय विशाल परियार पक्राउ परेका छन् । परियारलाई वडा प्रहरी कार्यालय रामबजार पोखराले बिहीबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सोही ठाँउमा विगत ८ ÷ १० वर्षदेखि अर्काको घरमा भाडामा बस्दै आएका मिस्त्री काम गर्ने परियारले बालिकालाई पटक पटक ललाइ फकाइ धम्क्याउने गरेका थिए ।

बालिकाको घरमा कोही नभएको समयमा कोठा बन्द गरेर दुर्व्यवहार गरेको देखेपछि परिवारको सदस्यले खबर गरेको आर्वा कसेरी टोल विकास संस्थाका अध्यक्ष भवसागर बरालले बताउनुभयो ।

उनलाई जवरजस्ती करणी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनु भएको छ ।