संविधान त्रुटिपूर्ण छ, अख्तियारले म माथि दुस्मनी साँध्यो : विजयकुमार गच्छदार

bijay-kumar-gachhadar

साउन २७, काठमाण्डौ,

सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहासनै समाप्त पार्ने गरी ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि दुस्मनी साँध्ने काम गर्नुले संविधानमा नै त्रुटी रहेको प्रष्ट हुने भन्दै त्यसलाई सच्याउने नेतृत्व कांग्रेसले लिनुपर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो ‘मलाई थाहा पनि नभएको विषयमा, मलाई तह लगाउने नाममा अख्तियार लगाइयो । मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो । यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटी सच्याउने काम नेपाली कांग्रेसले गर्नु पर्छ ।’

उहाँले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।