कोरोनाको तेस्रो लहर आउन सक्ने भएकाले तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको आग्रह

hh

साउन ७, काठमाण्डौ,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भएकाले तयारी अवस्थामा रहन सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर सङ्क्रमणको चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भएकाले अक्सिजन, शय्या र जनशक्तिलाई चुस्त दुरुस्त अवस्थामा राख्न निर्देशन दिएको हो । सरकारी, गैरसरकारी सङ्घ–संस्था, निजी क्षेत्र र नागरिकले संयुक्त पहल गरिरहँदा पनि सङ्क्रमणको दर जति घट्नुपर्ने हो त्यति नघटेको भन्दै मन्त्रालयले पछिल्लो हप्तादेखि सङ्क्रमित थपिने क्रम बढिरहेकोले चिन्ता थपिएको जनाएको छ ।

मोरङ, सुनसरी, झापा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलाली गरी १० जिल्लामा पाँच सयभन्दा धेरैका दरले तथा २६ जिल्लामा दुई सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

सङ्क्रमण बढिरहेको तर निषेधाज्ञा खुकुलो भएको मौकामा बुझेर या नबुझेर लुकिछिपी स्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्ने क्रम बढेको भन्दै मन्त्रालयले सङ्घ, प्रदेश, पालिका र सबै नागरिकलाई जिम्मेवार बन्न र मापदण्ड पालना गर्न÷गराउन अनुरोध गरेको छ ।