उद्धार र राहतकालागि मनाङ पुगेको मुख्यमन्त्री पोखरेल सहितको टोली उतै रोकियोरउद्धारमा लगाउनु पर्ने हेलिकप्टरमा मुख्यमन्त्री घुमेको भन्दै तिब्र आलोचना

mukhyamantri in manang

असार ३, कास्की,

उद्धार र राहतका सामाग्री बोेकेर मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम खराब मौसमले हेलिकप्टर फर्किन नसकेपछि मनाङमै रोकिएका छन ।

मुख्यमन्त्री सहितको टिम अहिले मनाङ सदरमुकाम चामेमा रहेको छ भने उहाँको टोलीमा पोखरेल सहित अर्का मन्त्री राजीव गुरुङ उर्फ (दिपक मनाङे), सांसद चिन्ता घले लगायतका रहनुभएको छ । औषधी, खाद्य सामाग्री र टेन्ट लिएर दिउँसो उनीहरु पोखराबाट नेपाली सेनाको हेलिकप्टरमा मनाङ पुगेका थिए । टिममा केही संचारकर्मी पनि छन ।

मनाङमा अहिले सेना र प्रभु एयरको हेलिकप्टर छन । सदरमुकाम चामेमा सेनाको र बगरछापमा प्रभु एयरको हेलिकप्टर छन । मौसम खराब भएपछि दुवै हेलिकप्टर उद्धारमा पनि खटिन सकेका छैनन । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भन्नुभयो हेलिकप्टर उड्न नसकेपछि टिम मनाङमै रोकिएको छ । मौसम खराबी भएकोले हेलिकप्टर उड्न नसकेपछि बिहिबारको रात मनाङमै रोकिएको र मौसम एक्कासी बिग्रेएपछि हेलिकप्टरले उद्धारमा पनि जान नसकेकोले सबैतिर काम रोकिएको छ ।

उहाका अनुसार विहीबार मनाङमा ३५ जनालाई उद्धार गरिएको छ । सिरानतालबाट २४ र थोचेमा ढुंगाको कापमा बसेका ११ जनाको हेलिकप्टरको सहायताले सुरक्षित ठाउँमा सारिएको उहाँले बताउनुभयो ।
यसैबिच
उद्धार र राहतका लागि खटिने गरि केन्द्र सरकारले पठाएको हेलिकप्टरलाई होल्ड गरेर मुख्यमन्त्री पोखरेलको टोली अवलोकनमा निस्किएपछि सामाजिक सञ्जालमा तिब्र आलोचना भएको छ । गठबन्धनको नेतृत्व गर्दै कांग्रेबाट मुख्यमन्त्री बनेका पोखरेल शोषक र सामन्त कांग्रेसिहरुको प्रतिनिधी पात्र भन्दै सामाजिक सञ्जालमा उहाँको विरोध भएको हो ।

केन्द्र सरकारको पहलमा नेपाली सेनाको हेलिकप्टरले बुधवार मात्रै मनाङ नासोङ गाउँपालिकामा बाढीबाट प्रभावित बनेका करिब सय जनालाई उद्धार गरेको थियो । यद्यपि उद्यारको लागि पठाईएको हेलिकप्टरमा मुख्यमन्त्रीले चाउचाउका पोका मात्र लिएर गएको र आँफु सहित आसेपासेलाई हेलिकप्टरमा घुमाएको तर उद्यार गर्नुपर्ने व्यक्तिहरुको उद्यार गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा तिब्र आलोचना भएको छ ।

उद्धारका लागि खटाएको हेलिकप्टर बोलएर घुमेको भन्दै मुख्यमन्त्रीको तिव्र आलोचना भएपछि मुख्यमन्त्री पोखरेलले आफुहरु उक्त हेलिकप्टर छोडेर अर्को हेलिकप्टरमा फर्किने सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको थियो । तर मुख्यमन्त्रीसहितको टोलीलाई लिन पुगेको हेलिकप्टर खराव मौसमका कारण अवतरण नै हुन नसकेपछि पोखरा फर्किएको छ ।

शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची रहेका कारण नेपाली सेनाकै हेलिकप्टरमा भएपनि बिहिबार नै पोखरा आइपुग्ने मुख्यमन्त्रीको प्रयासमा मौसम बाधक बनेको हो ।