एमालेको नेपाल समुहबाट धोका भएको हैन : प्रचण्ड

prachanda

बैशाख ३१, काठमाण्डौ,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेता माधव नेपाल पक्षले धोका नदिएको दावि गर्दै नेपालसमुहसँग पुनः सहकार्य हुने बताउनुभएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार पुनः सहकार्य हुने उहाँले बताउनुभयो । शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको दोस्रो डोज खोप लगाएर बाहिरीने क्रममा अध्यक्ष दाहालले नयाँ सत्ता समिकरणको विषयमा नेता नेपालबाट आफूहरुले धोका नपाएको तर्क राख्नुभएको हो ।

एमालेभित्र देखिएका विवाद समाधानउन्मुख भइरहको समयमा दाहालले फेरि नेता नेपालसँग भेट हुने दाबी गर्नुभएको हो । संविधानको धारा ७६ को उपधारा ५ अनुसार तीस दिनभित्र विश्वासको मत लिन नसके पुनः वहुमतको सरकार बन्ने प्रावधान रहेको छ ।