गण्डकीका २६८ सहित थप १ हजार ८ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि

corona update

साउन २, कास्की

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका थप २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका १ हजार ४५ जनामा गरिएको नमुना परीक्षणमा २६८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका ९२ जना सहित नवलपुरका ५९ जना, गोरखाका ५५ जना, तनहुँका ३१ जना, लमजुङका १८ जना, बागलुङका ९ जना, म्याग्दीका ३ जना र स्याङ्गजाका एक जना रहेका छन् ।

योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६१ हजार १६८ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३ सय २ जना कोरोनामुक्त भएसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको कुल संख्या ५७ हजार ३६४ पुगेको छ ।

शनिबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्की, नवलपुर र म्याग्दीका एकएक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या १ हजार २० पुगेको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१० हजार ६६ जनाको परीक्षण गर्दा १८ सय ७५ मा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ७ लाख १४ हजार दुई सय ४८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार एक सय ६४ जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ६ लाख ३० हजार ४ सय सात पुगेको छ ।
यस्तै थप २१ जना सहित नेपालमा अहिलेसम्म नौ हजार पाँच सय २७ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।