जसपा केन्द्रीय समिति बैठक भदौ १ देखि

janta-samaj-part

साउन ३२, काठमाण्डौ,

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक भदौ १ गतेदेखि बस्ने भएको छ । दुई दिनसम्म चल्ने बैठकको एजेन्डा तय गर्न आज दिउँसो १ बजे बसेको कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिमा पेस हुने एजेण्डा तय गरेको नेता नवराज सुवेदीले बताउनुभयो ।

आगामी मंगलबार र बुधबार बिहान ११ बजेदेखि डिल्लीबजारको एक पार्टी प्यालेसमा बस्ने जसपाको केन्द्रीय समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रतिवेदन पेश गर्ने र त्यस विषयमा केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने सुवेदिले बताउनुभयो ।