एमालेका माधव नेपालसहित १४ सांसद् कारबाहीमा

madhab

भदौ १, काठमाण्डौ,

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसद्लाई कारबाही गरेको छ ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले उनीहरूलाई कारबाही गरेको हो । बैठकले उनीहरूलाई सांसद्बाट पदमुक्त गर्न संसद सचिवालयलाई पत्र पठाएको छ ।

यस्तै निर्वाचन आयोगमा समेत १४ सांसद्लाई कारबाही गराएको विषय जानकारी गराइएको बैठकमा सहभागी एक सांसद्ले जानकारी दिनुभयो ।

बैठकले नेपालसहित विरोध खतिवडा, रामकुमार झाँक्री, मेटमणी चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरुलाई कारबाही गरेको छ ।

यस्तै, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, कृष्णलाल महर्जन र भवानी खापुङ पनि एमालेको कारबाहीमा परेका छन् ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको केहीबेरमै एमालेले नेपाल पक्षका १४ सांसद्लाई कारबाही गरेको हो ।

सरकारले मंगलबार नै केन्द्रीय कमिटी वा संसदी दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न पाउने व्यवस्थासहितको अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।