एसईईबारे चाँडै निर्णय हुन्छ : शिक्षामन्त्री श्रेष्ठ

Krishna gopal shrestha

बैशाख ३१, कास्की,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ ।

मन्त्रालयको पदभार ग्रहण गर्दै उहाले कोभिडका कारण शिक्षा क्षेत्रमा परेको असरलाई सहयोग गर्ने विषयमा मन्त्रालयले तत्काल छलफल गर्ने तयारी गरेको बताउँदै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा(एसईई) र १२ को परीक्षाको मोडलको विषयमा चाँडै नै निर्णय गर्ने बताउनुभयो ।

मन्त्रालयको दोस्रो कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभीटी) को सन् २०२१–२०२५ को पाँच वर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गर्नुभएको थियो ।