मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान अर्थात इद–उल–फित्र आज

eid-ul-fitr-nepal

बैशाख ३१, पोखरा,


राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

देशमा कोरोना भाइरस महामारीले विकराल रुप लिईरहेकोले यसबाट बच्नका लागि भिडभाड नगरी नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी इद मनाउन राष्ट्रपति भण्डारीले आव्हान गर्नु भएको हो ।

मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान अर्थात इद–उल–फित्र आज हर्षोल्लासका साथ अल्लाहको प्रार्थाना गरेर या पर्व मनाईन्छ ।

एक महिनाको कठोर उपवासपछि आजको दिन अरवी पात्रो अनुसार हरेक वर्षको नवौं महिनामा एक महिनासम्म रोजा अर्थात व्रत बसेर दशौं महिनाको पहिलो दिन इद–उल–फित्र मनाउने परम्परा छ । अहिले हिजरी सम्वत १४४२ हो ।

मुस्लिम धर्मग्रन्थ कुरान यही महिनामा लेखिएकाले ब्रत बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । दान दिनु, गरीवको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिर्यानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् ।