नेपालले पपुवा न्यूगिनीसँग दुई एकदिवसीय क्रिकेट खेल्ने

nepal-vs-papua-new-guinea

साउन ३२, काठमाण्डौ,

नेपालको राष्ट्रिय क्रिकेट टीमले पपुवा न्यूगिनीसँग दुई एकदिवसीय क्रिकेट खेल्ने पक्का भएको छ ।
नेपालले आईसीसी विश्वकप लिग–२ अघि पपुवा न्यूगिनीसँग ओमानमा दुईवटा एकददिवसीय क्रिकेट खेल्न लागेको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।
खेल आगामी सेप्टेम्बर ५ र ८ तारिख अर्थात भदौ २० र २३ गते ओमानमा हुनेछ । २० गते हुने खेल दिउँसो हुनेछ भने २३ गते हुने खेल दिन÷रातको हुनेछ । नेपालले पहिलो पटक दिन÷रात क्रिकेट खेल्न लागेको हो ।