भावना सामुदायिक कृषि सहकारी संस्थाद्धारा पोखरामा मौरीको घार वितरण

4

असार ३०, कास्की,

भावना सामुदायिक कृषि सहकारी संस्थाले पोखरा महानगरपालिका वडा नं। १८ का कृषकहरुलाई मौरीको घार वितरण गरेको छ ।
मंगलबार एक कार्यक्रममका बिच पोखरा महानगरपालिका कृषि तथा पशुविकास महाशाखा र भावना मौरी पालन पकेट सञ्चालक समितिको संयु्रक्त आयोजनामा ४५ वटा घार वितरण गरेको भावना मौरी पालन पकेट सञ्चालक समितिका सहसचिव प्रदिप जिसिले जानकारी दिनुभयो ।


यसअघि सहकारीले कृषि ज्ञान केन्द्रको सहकार्यमा २६० वटा मौरीघार वितरण गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडा नं। १८ का वडाध्यक्ष राना बहादुर थापाले भावना सामुदायिक कृषि सहकारीले समाज र कृषकहरुको उन्नति र विकासकालागि योगदान पुर्याएकोमा धन्यवाद दिनुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीका अध्यक्ष बलराम कोईरालाले सहकारी कृषक मैत्री रहेको भन्दै आगामि दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भावना मौरी पालन पकेट सञ्चालक समितिका अध्यक्ष शिव प्रसाद कोईरालाको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित कृषकहरुले सहकारीको सेवामुलक कार्यकोलागि धन्यवाद दिएका थिए ।