सोमबारदेखि देशभर हल्का देखि मध्यम वर्षा हुने

mausam

साउन १०, कास्की,

सोमवार (भोली) देखि गण्डकी प्रदेश सहित देशभरका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक बिस्तारै आउने क्रम सुरु भएकाले, भोलीदेखि मनसुन थप सक्रिय भइ देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकि मौसमविद् शान्ति कंडेलले बताउनुभयो ।

आज रातिसम्म न्यून चापीय रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकाले मनसुन सक्रिय भइ बुधवारसम्म वर्षा हुने सम्भावना देखिएको हो, मौसमविद् कंडेलले भन्नुभयो ।

जल तथा मौसम विज्ञान विभागले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । अहिले देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ ।