आज पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना

aajako mausam

जेठ २२, कास्की,

आज देशभर बदली रही पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ। प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा को सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको र देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।

आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।