कास्कीका ११२ सहित देशभर थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

corona update

साउन ६, कास्की

बुधबार गण्डकी प्रदेशमा थप ३ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३० जनामा गरिएको नमुना परीक्षणमा ३६३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका ११२ जना सहित नवलपुरका ७८ जना, स्याङ्गजाका ४६ जना, तनहुँका ३८ जना, पर्वतका ३४ जना, लमजुङका २१ जना, म्याग्दीका १८ जना, गोरखाका १३ जना र बागलुङका ३ जना रहेका छन् ।

योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६२ हजार ७२४ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट २८१ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५८ हजार ५७४ पुगेको छ ।

बुधबार गण्डकीमा थप ३ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका दुई जना र नवलपुरका १ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०४१ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय १५ जनाको पीसीआर र तीन हजार नौ सय एक जनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार आठ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या ७ लाख २४ हजार चार सय ५५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार चार सय ७५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३६ हजार चार सय दुई जना पुगेको छ । अहिले नेपालमा २६ हजार आठ सय ३२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै थप ३० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६ सय ३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।