कास्कीका २५४ सहित देशभर थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि,, थप २० जना संक्रमितको मृत्यु

corona update

साउन १२, कास्की,

मंगलबार गण्डकी प्रदेशका थप ५ सय ५९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १ सय ३८ जनामा गरिएको नमुना परीक्षणमा थप ५ सय ५९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका २ सय ५४ जना सहित गोरखाका ८६ जना, नवलपुरका ६५ जना, स्याङ्गजाका ५४ जना, पर्वतका ३२ जना, म्याग्दीका २२ जना, तनहुँका २१ जना, लमजुङका १४ जना, मनाङ्गका ८ जना, बागलुङका दुई र मुस्ताङ्गका एक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६५ हजार ६६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३ सय ६० जना कोरोनामुक्त भएसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६० हजार ९ सय ९४ पुगेको छ ।

त्यस्तै मंगलबार गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका तीन जना र पर्वतका एक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६६ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १२ हजार ६५५ पिसिआर परीक्षणमा २ हजार ७ सय २६ र ४ हजार ८ सय ६३ एन्टीजेन परीक्षणका १ हजार १ सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ७ लाख ४२ हजार ८१७ पुगेको छ ।

त्यस्तै थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ७ सय ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । थप १ हजार ७ सय ७८ जना निको भएका छन् । हालसम्म नेपालमा ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् ।