नेपाली क्रिकेटको विकासकोलागि दिएको योगदानप्रति प्रधानमन्त्रीद्वारा पारसलाई धन्यवाद

pm with paras 2

साउन ३०, काठमाण्डौ,

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्कालाई धन्यवाद दिनुभएको छ ।
पारसले क्रिकेटबाट सन्यास लिएसँगै प्रधानमन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटार बोलाएर कहिल्यै नभुल्ने रोमाञ्चक जित र क्रिकेटमा ठूलो सपना देख्न नेपालीलाई प्रेरित गरेको धन्यवाद दिनुभएको हो ।
प्रधानमन्त्री देउवाले नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भन्दै भविप्यका लागि शुभकामना दिनुभएको छ । उहाँले सरकारको साथ र सहयोग सधैं रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।


पारसले दुई साता अघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । यस्तै उनले गत वर्ष कप्तानी छाड्ने निर्णय गरेका थिए । अब उनी देश÷विदेशमा हुने लिगहरुमा भने सहभागी हुनेछन् ।
प्रधानमन्त्री देउवाको ट्वीटलाई रिट्वीट गर्दै पारसले आफूलाई सम्झिएको र नेपाली क्रिकेटलाई आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा धन्यवाद दिएका छन् ।