कांग्रेसद्धारा पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक आह्वान

congress

जेठ ७, काठमाण्डौ,


नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बिहान ९ बजे बैठक बोलाइएको हो ।
राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक रहेको कांग्रेसले बताएको छ ।
सोही सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक बोलाइएको कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो । यसका लागि उहाँले दलहरुलाई जम्मा २१ घण्टा समय दिनुभएको छ ।