कास्कीका १८६ सहित देशभर थप २,९०५ जनामा कोरोना संक्रमण पुष्टी

corona update

असार ३०, कास्की


बुधबार गण्डकीमा थप ३७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२१ जनामा गरिएको नमुना परीक्षणमा ३७४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
थप संक्रमण पुष्टि हुनेमा कास्कीका १८६ जना, सहित नवलपुरका ४४ जना, गोरखाका ४२ जना, स्याङ्गजाका ३८ जना, लमजुङका २२ जना, तनहुँका १७ जना, बागलुङका १५ जना, म्याग्दीका ६ जना, पर्वतका ३ जना, र मुस्ताङका एक जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३७७ जना कोरोनामुक्त भएका छन् । गण्डकीमा बुधबार कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएके निर्देशनालयले बताएको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा १३ हजार २४ जनामा गरिएको परीक्षणमा झन्डै २५ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या ७ लाख ६ हजार ७ सय ६१ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६ सय ६ जना कोरोना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ६ लाख २४ हजार सात सय ११ जना पुगेको छ ।
यस्तै थप १८ जनासहित अहिलेसम्म ९ हजार ४ सय ३० जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।