बिहीबार नेपाल र चाईनिज ताइपेई विच फुटबल प्रतिस्पर्धा हुँदै

khel

जेठ १९, कास्की,


विश्वकप छनोटअन्तर्गत नेपालले बिहीबार चाइनिज ताइपेईविरुद्धको प्रतिस्पर्धा गर्दै छ । कोरोना कहरअघि अवे गेम खेलेको नेपालले होम गेम अन्तर्गत ताइपेईविरुद्ध न्युट्रल भेन्यु कुवेतमा प्रतिस्पर्धा गर्न लागेको हो । वरीयता क्रम हेर्ने हो भने नेपाल भन्दा ताइपेई ३० स्थान माथि रहेको छ, तर हेड टु हेडको नतिजा नेपालको पक्षमा छ ।
दुई भेटमा नेपाल १ जित र १ बराबरीको नतिजा निकाल्दै बलियो अवस्थामा छ । नेपाल समूह चरणमा ३ अंकसहित चौथो स्थानमा रहेको छ । पहिलो स्थानको अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ । नेपाल भन्दा पछि रहेको चाइनिज ताइपेईले अंक जोड्न सकेको छैन ।
प्रिम्याच कन्फ्रेन्समा बोल्दै नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हारका बाबजुद इराक विरुद्धको मैत्रीपूर्ण खेलबाट धेरै सकारात्मक पक्षहरु प्राप्त गरेको बताउँदै चाइनिज ताइपेईविरुद्ध जित निकाल्नेमा आँफु विश्वस्त रहेको बताउनुभयो । ताइपेई र नेपालबीचको खेल जबर–अल–हमाद अन्तराष्ट्रिय रंगशालामा नेपाली समय अनुसार ९ः४५ बजे सुरु हुनेछ ।