साउन १५ बाट कास्की जिल्ला अदालतका सम्पूर्ण सेवा सुचारु हुने

Kaski_court

साउन ५, कास्की,

कास्की जिल्ला अदालतले साउन १५ गतेबाट सम्पूर्ण सेवा सुचारु गर्ने भएको छ । अदालतको मंगलबार बसेको पूर्ण वैठकले साउन १५ गते शुक्रबारबाट सबै सेवा सुचारु गर्ने निर्णय गरेको जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण लगाईएको निषेधाज्ञा खुकुलो हुँदै गएकोले सेवा सूचारु गर्न लागिएको जिल्ला अदालतको आफ्नो बेभसाइटमा सुचना प्रकाशित गरेर जानकारी गराएको छ ।

सर्वोच्च अदालतको पूर्ण बैंठक निर्णय बमोजिम हदम्याद, म्याद, तारेखमा अदालतमा उपस्थित हुनुपर्ने सेवाग्रहीहरु मिति २०७८ साउन १५ गतेबाट ३० दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने सुचनामा भनिएको छ । साथै अदालतमा उपस्थित हुँदा अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न पनि जिल्ला अदालत कास्किले आग्रह गरेको छ ।