भारतीय सेनाले अब नेपाली महिलाहरुलाई पनि भर्ना लिँदै, आउँदो जुलाई २० सम्म आवेदन दिन सकिने

Nepal-British-Army-training-for-women

जेठ ३१, कास्की,

भारतीय आर्मीले पहिलोपल्ट नेपाली महिलाहरुलाई पनि आर्मीमा भर्ति गर्ने भएको छ । भारतीय सेनाले आफ्नो वेभसाईट मार्फत महिला मिलिटरी पुलिस पदका लागि नेपाली महिलाहरुलाई समेत भर्ना लिने जानकारी दिएको हो ।

सेनाले पहिलो पल्ट नेपाल सहित १ सय जना महिला मिलिटरी पुलिसका लागि आवेदन माग गरेको छ । भारतिय सेनामा भर्ति हुन इच्छुक महिलाहरुले भारतीय सेनाको वेबसाइट ( joinindianarmy.nic.in ) मा गएर अनलाईन आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

भर्ति हुन चाहनेहरुका लागि आगामी जुलाई २० तारिखसम्म आवेदन दिने समय राखिएको छ । भर्तिकालागि आवेदन दिनेको उमेर १७ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्ने, कम्तिमा कक्षा १० पास गरेको र प्रत्येक विषयमा ३३ प्रतिशत अंक र जम्मा ४५ प्रतिशत ल्याएको हुनुपर्ने साथै छनोटमा सहभागि हुन १६ सय मिटर दौड कम्तिमा ८ मिनेटमा पुरा गर्न सक्ने, लङजम्प १० फिट र हाईजम्प ३ फिट सम्म पुरा गर्न सक्ने हुनुपर्ने पनि उल्लेख गरिएको छ । शहीद परिवारका सदस्यबाट भने ३० वर्षसम्मकाले आवेदन दिन पाउने व्यवस्था रहेको छ । यी सबै प्रक्रिया पुरा गर्नुअघि सबैको प्रवेश परीक्षाका रुपमा लिखित परीक्षा लिइने छ भने आवेदक अविवाहित हुनु पर्ने र सोको प्रमाणपत्र पनि पेस गर्नुपर्ने बताइएको छ ।

भारतको अम्बाला, जबलपुर, बेल्गाम, पुने, लखनाउ, शिलोङबाट भर्ना खुल्ने र अनलाईनबाट प्राप्त हुने प्रवेश कार्डमा छनोटको मिति र स्थान जानकारी गराइने बताईएको छ ।